७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेलायतको अर्को क्षेत्रीय समिति गठन हुदै

नेपालब्रिटेन डट कम्
५ बैशाख २०८०, मंगलवार १९:२८

लण्डन । नेपाली जनम्पर्क समिति बेलायतले आगामी शनिवार अल्डरशटमा एक भेलाको आयोजना गर्ने भएको छ ।

समितिका सभापति युवराज गुरुङका अनुसार समितिले हेम्पसायर क्षेत्रीय समितिको दोस्रो अधिवेशनको लार्गि सो भेलाको आयोजना गर्न लागेको हो । शनिवार दिउंसो १२ बजे देखि ठमेल रेष्टुरेन्टमा आयोजना हुने सो अधिवेशनमा सहभागी हुन गुरुङले आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समितिका बेलायतमा १० भन्दा बढी क्षेत्रीय समिति गठन भएका छन् । हाल समितिका मिडल्याण्ड, वेष्ट लण्डन, नर्थवेष्ट लण्डन, हेम्पसायर, इष्ट लण्डन, केन्ट, रेडिङ्ग, नर्दन आयरल्याण्ड र वेल्समा क्षेत्रीय समितिहरु सकृय छन् ।