२४ भाद्र २०८२, मंगलवार
Follow Us

भारत पठाइयो प्रधानमन्त्रीको तीन दिने भ्रमण तालिका

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०८०, आईतवार १२:४१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरिएको छ । प्रधानमन्त्री दाहालले शनिबार छलफल गरेर आफ्नो भ्रमणको मिति प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वैशाख ३१ र जेठ १ गते (मे १४-१५)मध्ये एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाइएको छ । भारतले यी दुई मितिमध्ये एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने सचिवालयको भनाई छ ।

स्रोतका अनुसार भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको छ ।

धेरै पढिएको