१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा लगानी गरेर उपयुक्त मुनाफा लिन एनआरएनलाई मन्त्री साउदको आग्रह

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०८०, मंगलवार ०४:२६

नेपाल–बेलायतबीचका समस्या वार्ताबाटै टुंग्गो लाग्छ: परराष्ट्रमन्त्री एनपी साउद

लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायत बीचका समस्या समाधानका लागि दुई देशबीच छलफल भइरहेको बताएका छन् ।
लण्डनस्थित नेपाली दुतावासले उनको सम्मान आयोजना गरेको स्वागत समारोहलाई सोमबार साँझ सम्बोधन गर्दै मन्त्री साउदले नेपालीहरुसँग सरोकार रहेका समस्याहरु वार्ताबाटै समाधान खोजिने बताउंदै त्यसको लागि नेपाल सरकारलाई विश्वास गर्दै धैर्य गर्न आग्रह गरे ।

बेलायतमा रहेका हजारौं भूपूगोर्खाको समस्या समाधान खोज्न हाल जारी बेलायत–नेपालबीच वार्ता चलिरहेको बेला मन्त्री साउदको उक्त अभिव्यक्ति आएको हो ।

कार्यक्रममा मन्त्री साउदले विदेशमा बस्ने नेपाली नागरिक वास्तविक र सांस्कृति राजदूत भएको चर्चा गर्दै भने ‘बेलायतमा बस्ने नेपालीको नेपालमा विकास र नेपालीहरुको मानसम्मानलाई बृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको छ ।’

मन्त्री साउदले गैरआवासी नेपालीले उठाउदै आएको एनआरएन नागरिकता लगायतको मागलाई पूरा गर्न सरकार दृढ संकलपका साथ अघि बढेर सहयोग गर्न तयार रहेको बताए ।

उनले नेपाल राजनीतिक संक्रमणबाट बाहिर निस्केको अवस्थामा देशभित्र लगानीमैत्री वातावरण रहेको दावी गरे गर्दै गैरआवासीय नपालीलाई नेपालमा लगानी गर्न आब्हान गरे ।

मन्त्री साउदले भने ‘नेपालभित्र लगानी गर्न उपयुक्त वातारण छ, संविधान आइसक्यो द्वन्द्व समाप्त भइसक्यो, दुईवटा महत्वपूर्ण निर्वाचन सम्पन्न भएका छन् । नेपालमा लगानी गरेर उपयुक्त मुनाफा दिन आग्रह गर्दछु ।’

उनले लण्डनस्थित नेपाली राजदूतावासले नेपाल र बेलायतको हित तथा पुँजी भित्र्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल बेलायतको सम्बन्धको बारेमा चर्चा गरेका थिए ।
यसअघि मन्त्री साउदले बेलायतस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा भूपूगोर्खाहरुसंग भेटघाट गरेका थिए ।