१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपाले केन्द्रीय नेतालाई जिम्मेवारी तोक्ने

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८०, बुधबार १३:४७

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । राप्रपाको जेठ १ गते सोमबारदेखि बुधबारसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो ।

राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए । यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसाग जोडदार माग गरेको छ ।

पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ ।  राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ ।