१३ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०६:२०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू आज (शुक्रबार)चीन भ्रमणमा गएका छन् । आज बिहान माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेका छन् ।