लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियम र बाग्लुङ समाज बेल्जियमको संयुक्त पहलमा बेल्जियमा निधन भएका एक नेपालीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
स्वर्गिय धन बहादुर चर्मकारको परिबारलाई सहयोग स्वरूप १५ लाख ८२ हजार ३ सय नेपाली रुपैयाँ बुधवार बाग्लुङमा एक कार्यक्रमको आयोजना गरि बाग्लुङ नगर प्रमुखको कार्यकक्षमा हस्तान्तर गरिएको एनआरएनए बेल्जियमले जनाएको छ ।
यो सहयोग रकम जुटाउन एनआरएनए केन्द्रीय सदस्य गंगा शर्मा, सचिव गंगाधर गौतम लगायतको कार्यदल गठन भएको थियो ।
सो रकम बाग्लुङ नगरपालिकाका मेयर वशन्त कुमार श्रेष्ठ लगायतको रोहवरमा हस्तान्तरण गरिएको थियो । यो कार्यमा सहयोग गर्ने सबै मनकारी सहयोगीहरुलाई एनआरएन बेल्जियमले धन्यवाद दिएको छ ।
प्रतिक्रिया