१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कलाकार ध्रुव दत्त बेलायतमा सम्मानित

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १८:४२

लण्डन । कलाकार ध्रुव दत्तलाई नेपालब्रिटेन डट कमले गत आइतवार सम्मान गरेको छ । उनी बेलायतमा चर्चित १० नेपालीको सूचिमा परेका हुन् ।

कला क्षेत्रमा समर्पित धु्रव दत्तको परिवार हाल बुटवलमा बसोबास गरे पनि पर्वत जिल्लाको फलेवासबाट बसाइ सरेका हुन् । बाल्यकालमा, बुबासँग नेपाली र हिन्दी फिल्म हेरेपछि उनलाई पनि अभिनयको भोक जाग्यो ।

सन् १९९० को सुरुतिर उनले बुटवलमा केही भिडियो र चलचित्रमा काम गर्ने अवसर पाए । सन् १९९५ मा उनी सुखद भविष्यका लागि हङकङ पुगे । त्यहाँ उनले अभिनयलाई थाति राखेर परिवारप्रतिको जिम्मेवारी पूरा गर्न काम गर्न थालें, सपना साइट लगाएर विवाह बन्धनमा बाँधिए ।

परिवारको प्रोत्साहनले फेसन शोहरूमा मोडेलको रूपमा उनले काम सुरु गरे । त्यसपछि उनले म्युजिक भिडियो काम पाउन थाले । उनले सन् २००७ मा केही साथीसँग मिलेर हङकङमा ‘द प्लान’ नामक फिल्म बनाएका थिए । व्यस्त दिन, काम र धेरै अवरोधका बावजुद उनले फिल्मलाई पच्छउँन छाडेनन् ।

नेपाली चलचित्रका नायक राजेश हमाल र अर्का अभिनेता निकिल उप्रेतीसँग ठूलो पर्दा काम गर्न पाएपछि ध्रुवदत्त नेपाली चलचित्र क्षेत्रमा स्थापित बन्न थाले । उनले ‘विर्ताको चिनो’ र ‘मृगतृष्णा’ भूमिका पाएपछि चलचित्र क्षेत्रमा उनको आत्मविश्वास बढ्दै गयो ।

जीवन्त अभियन ध्रुव दत्तका विशेषता हुन् । दर्जनौं फिल्ममा अभिनय र निर्देशनले उनको कला क्षेत्रको समर्पण परिस्कृत हुँदै गयो । उनले म्युजिक भिडियोदेखि फिचर फिल्म, सर्ट मुभि र नाटकमा उनको जीवन्त अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । बीपी कोइरालाको तीन घुम्ती उपन्यासमा आधारित निर्माण भएको चलचित्रले ध्रुव दत्तलाई युरोपभरि चिनायो ।

‘उल्झन’ उनको अन्तिम परियोजना थियो । यो नाटकले बेलायत र युरोपमा चर्चा बटुल्न सम्भव भयो । ‘जेगिशा’ शीर्षकको नाटक बेलायत र लन्डनस्थित नेपाली दूतावास वरपरका विभिन्न स्थानमा प्रदर्शन भएको थियो ।