६ बैशाख २०८१, बिहीबार
Follow Us

जापानमा बने ११ हजार ३ सय एनआरएनए सदस्य

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०८०, शुक्रबार १४:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समितिमा ११ हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् ।
गैरआवासीय नेपाली संघ जापानका महासचिव शिद्धार्थ श्रेष्ठका अनुसार सदस्यताको लागि तोकिएको अन्तिम मिति सम्म ११ हजार ३ सय ७९ जनाले पंजिकृत सदस्यको लागि आवेदन दिएका हुन् ।

श्रेष्ठका अनुसार ३२३२ जनाको सदस्यता प्रमाणीकरण भैसकेको छ भने ८ हजार १ सय ८० जनाले सदस्यताको प्रकृया पुरा गरेका छन् । ३ हजार १ सय ९९ जनाले सदस्य बन्नको लागि मनसाय राख्दै ड्राफ्टमा निवेदन दिएका छन् । उनीहरुको आवेदनमा छानविन पछि प्रमाणीकरण गरिने बताइएको छ ।

गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकालको लागि जुलाई अन्तिम साता निर्वाचन गर्ने तयारी गरिएको छ ।