८ बैशाख २०८१, शनिबार
Follow Us

लिग बिजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८०, सोमबार ०५:११

लन्डन । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ । प्रियिमय लिग बिजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो ।

ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको  पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो र दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन । बरु, खेलेको ८५औं मिनेटमा इथान पिननकले गोल गरिदिए । उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो ।

अन्ततः सो पछि कतैवाट गोल हुन नसके पछि  बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो । ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुईपटक पराजित गरेर रेकर्ड कायम राख्यो ।

आर्सनलको सानदार जीत
इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ । आइतवार राती भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो । आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई गोल गरेका थिए भने  बल्भ्सको गोल पोष्टमा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक एक गोल छिराउन सफल भएका थिए । यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा चित्त बुभाउनु परेकाे छ भने पराजित वल्भ्स ४२ अंक जोडेर १३औं सिमित हुन परेकाे छ ।