३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए जर्मनीमा सदस्यता खुल्ला

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८०, सोमबार २१:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीमा पंन्जिकृत सदस्यता खुल्ला गरिएको छ ।

गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार सोमवार देखि एमआईएस मार्फत सदस्यता वितरण शुरु गरिएको हो ।

भट्टराईले संघको जुलाई महिनामा हुने नयां नेतृत्वको लागि निर्वाचनमा भाग लिन र उम्मेदवार बन्न अनिवार्य रुपमा एमआईएस मार्फत सदस्यता लिनु पर्ने प्रावधान रहेको बताए । संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि प्रतिनिधि बन्न समेत राष्ट्रिय समितिको सदस्य हुनु पर्छ ।

संघको आगामी महाधिवेशनको लागि हाल ५० भन्दा बढी देशमा निर्वाचन प्रकृयाहरु शुरु भएका छन् ।

धेरै पढिएको