३२ असार २०८२, बुधबार
Follow Us

सरकारले नागरिकको राष्ट्रियता खोस्न सक्दैन् : संविधानविद्

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८०, सोमबार २२:३६

लन्डन । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान वा नेपाल सरकारले कुनै पनि नागरिकको राष्ट्रियता खोस्न नसक्ने बताएका छन् ।

एनआरएनए युकेद्वारा आइतबार जूम मार्फत आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै ज्ञवालीले भने ‘गैर आवासीय नेपाली नागरिकता प्राप्त गरि सके पछि वंशजको नागरिकता अन्त्य हुन्छ। नियमावली र कार्यविधि बन्नु पर्ने हुन्छ। गृह मन्त्रालयले सबै सीडीओहरुलाई परिपत्र गरे पछि मात्रै वितरण शुरु हुन्छ। संविधानको धारा २९१ पनि बाधक छ।’

उनले ‘राष्ट्रपतिले जारी गरेको प्रक्रिया मिलेन त्यसैले बदर हुनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको हो। २ ओटा मुद्दा सर्वोच्चमा छन्। स्टे अर्डर खारेज गर्ने वा नगर्ने सर्वोच्चले निर्णय गर्ने छ। कन्टेन्टको विषयमा यो मुद्दा होइन, प्रक्रियाको विषयमा मात्रै भएको’ बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्षद्वयले सुनिल बाबु खड्काले नेतृत्व गरेको एनआरएनए युके नै वैध भएको बताएका छन्।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सुनिल बाबु खड्काले नेतृत्व गरेको एनआरएनए युकेलाई मात्र केन्द्रले मान्यता दिएकाले कुनै पनि भ्रममा नपर्न आग्रह गरे।

‘संघको विधान अनुरुप पूर्ण अधिकार सहितको सुनिल बाबु खड्काले नेतृत्व गरेको टिमले केन्द्रका सबै नियमहरु फलो गरेको छ, केन्द्रसंग एमओय गरेर आफ्नो कामहरु अगाडी बढाएको छ, र त्यही नै आधिकारिक टिम भएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

त्यस्तै गैर आवासीय नेपाली संघका अर्का अध्यक्ष कुल आचार्यले निर्वाचित अध्यक्ष होस् वा निर्वाचित सदस्य सबैको समान अधिकार हुने बताए । एनआरएनए युकेका निर्वाचित बहुसंख्यक सदस्यहरुको निर्णय पछि आइसीसीले सुनिल बाबु खड्काले नेतृत्व गरेको कमिटिलाई मान्यता दिएको हो। गाली गरेर समस्याको समाधान हुँदैन। ठूल्ठूला समस्यामा पनि सहमति गरेर हामी अगाडी बढी रहेका छौं। भ्रम फैलाउने काम नगर्नु होला, उनले भने। उनले आफु विरुद्ध लगा इ एका आरोप हरु पुष्टि गर्न पनि चुनौती दिए।

संघका उपाध्यक्ष डा हेमराज शर्माले अहिले संसार भरि ८ खालका एनआरएनहरु रहेको बताउंदै नेपालको संविधानको धारा १४ ले भनेको आर्थिक, सामाजिक, संस्कृतिक अधिकार भनेको के हो भन्ने स्पष्ट हुन बाँकीरहेको बताए । ुसंविधानले पहिलो पटक हामीलाई चिनेको छ। हामीले चाहेको पनि वंशजको आधारमा नेपाली नागरिकता नै हो। तर अहिले पाएका अधिकारहरु सदुपयोग गर्दै जाउँ, त्यस पछि वंशजको लागि फाइट गर्दै जाउँ। संयुक्त रुपमा काम गरौँ, उनले भने।

अधिवक्ता गोविन्द बेलबासेले गोर्खाहरुको विषयमा हाम्रो माग एउट हो, तर वंशजको नागरिकता न पाउँदा सम्म अरु उपलब्धि प्रयोग गर्ने कि नगर्ने भन्ने बारे स्पष्ट हुनु पर्ने बताए ।

२००४ भन्दा पहिले सेटल भएका गोर्खा हुनु हुन्छ, १९९७ पछि सेटलमेन्ट पाएका गोर्खा पनि हुनुहुन्छ। भोलि नाति, पलातिको विषयमा पनि सोच्नु प यो। एनआरएन नागरिकता अहिले उपयोग नगर्दा विकल्प के छ त? उनले प्रश्न गरे। नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा विदेशी नागरिकता लिने नागरिकको नेपाली नागरिकता स्वतः रद्द हुने उल्लेख भएको र यदि उक्त दफा हट्ने हो भने सबै समस्या समाधान हुने पनि उनले बताए। ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष सुनिल बाबु खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा संघका उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजकद्वय चिन्तामणि सापकोटा तथा सन्तोष भट्टराई, पूर्व आइसीसी सदस्य चन्द्र गुरुङले मन्तव्य व्यक्त गरेका थिए। उपाध्यक्ष मोहन कार्कीले स्वागत गरेका थिए भने ज्ञानेन्द्र आलेले कार्यक्रमको संचालन गरेका थिए।

धेरै पढिएको