११ मंसिर २०८२, बिहीबार
Follow Us

श्रीमानको कुटपिटले वडा सदस्यसमेत रहेकी श्रीमतीको मृत्यु

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ०६:२३

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको उक्त नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको हो ।

घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु विकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

धेरै पढिएको