२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एनआरएन जस्तो सुन्दर संस्थामा आँखा नलाईबक्सियोस्’

नेपालब्रिटेन संवाददाता
१३ असार २०८०, बुधबार २२:२७

लण्डन । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई जारी गैरआवासीय नेपाली संघको ८ औं मध्यपूर्व सम्मेलनमा कटाक्ष गरिएको छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा संघलाई विभाजन गरेर ३ वटा अध्यक्ष बनाउन सकृय खड्कालाई संघका उपमहासचिव रामशरण सिमखडाले आगामी निर्वाचनमा संस्थामा आँखा नलगाउन आग्रह गरे ।

ओमानको राजधानी मस्कटमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिमखडाले मन्त्री खड्का मार्फत ११ औं महाधिवेशनमा राजनीतिक हस्तक्षेप रोक्न सबै पार्टीहरुलाई आग्रह गरे ।

उनले आगामी निर्वाचनमा टिकटको लागि कुनै पनि पार्टीको ढोका नढकढकाउन एनआरएनए नेताहरुलाई आग्रह गर्दै भने बालकोट, बुढानिलाकण्ड, पेरिसडाडाबाट यो सुन्दर संस्थामा आँखा नलाईबक्सियोस् ।

सिमखडाले संघको १० औं महाधिवेशनको निर्णयले एनआरएनभित्रै एउटाले अर्कोसंग मुन्टो लुकाएर हिड्ने अवस्थामा पुगेको बताए ।