२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङले गरे उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
१६ असार २०८०, शनिबार १३:२४

लन्डन । तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शनिबार अनलाइन मार्फत एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिए । उनले सन् २०२३ – २५ कार्यकालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि एक पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रत्यासी गुरुङले एनआरएनए यूकेमा केही गरेरै छोड्ने अठोटसहित आफू अध्यक्षको उम्मेदवार बन्ने निचोडमा पुगेको सुनाएका थिए । एनआरएनए यूकेको उम्मेदवारी दर्ता आजै ३ बजे सम्म जारी रहने एनआरएनए युके निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालले जानकारी दिए ।