१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नवयुग उत्कृष्ट खेलाडी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार १४:३७

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आज ‘पल्सर स्पोट्र्स अवार्ड दुईहजार बहत्तर’ प्रदान गर्दै छ । काठमाडौंको प्रज्ञा भवनमा विभिन्न आठ विधाका उत्कृष्ट खेलाडी र खेल व्यक्तित्वलाई पुरस्कृत गरिने कार्यक्रमको एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा पाँच–पाँच जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिदैछ । साथै खेलकुदमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा सस्थांलाई स्पेसल अवार्ड प्रदान गरिने छ । महिला, पुरुष र पिपुल्स च्वाइका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउने छन् । भूकम्प र भारतको नाकाबन्दीका कारण दुईहजार एकहत्तर सालमा भने यो अवार्ड प्रदान गरिएको थिएन । पहिलो पटक दुईहजार त्रिपन्न सालमा आयोजना गरिएको यो अवार्ड दुईहजार साठी सालदेखि निरन्तर भइरहेको छ ।।

फुटवल
नयाँ सिजन सुरु हुन अघिको मैत्रिपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ । हारसँगै म्यानचेस्टर सिटीको प्रशिक्षकका रुपमा पेप गार्डिवालाको सुरुवात पनि राम्रो हुनसकेन । गएराति भएको मैत्रिपूर्ण खेलमा पेपको टिम सिटी उनकै पूर्व टिम बार्यन म्युनिखसँग एक शुन्यले पराजित भयो । गएको सिजनको अन्त्यसँगै पेप बार्यन छोडेर सिटीमा अनुबन्धित भएका हुन् । कार्लोस एन्सिलोटीको टिम बार्यनको जितमा एर्डल ओटुर्कले गरेको गोल नै निर्णायक बन्यो । दुवै टिमका पहिलो पंक्तिका खेलाडी भने मैदानमा उत्र्रेका थिएनन् । म्यानचेस्टर सिटीले अब आउँदो सोमबार चीनमा म्यानचेस्टर युनाइटेडसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।