२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए कोषाध्यक्षमा तीन जनाको चासो !

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८०, आईतवार १९:४९

लण्डन । गैर आवासीय नेपाली संघको कोषाध्यक्षमा तीन जनाले उम्मेदवारी दिने चर्चा चलेको छ ।

संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेसनमा बिभिन्न पदा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । यसैक्रममा आइतवार एक पत्रकार सम्मेलन गर्दै ठाकुर ढुंगानाले संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एनआरएनए यूएईका निवर्तमान अध्यक्ष हुन् ।

कोषाध्यक्ष पदमा जापानस्थित युवा व्यवसायी सुदन थापा, वर्तमान कोषाध्यक्ष फडिन्द्र पन्त र अमेरिका क्षेत्रीय उपसंयोजक पुरुसोत्तम बोहोराले उम्मेदवारी दिने तयारी गरेका छन् ।

संघको नेतृत्वमा डा. बद्री केसी, डा. हेम राज शर्मा, आरके शर्मा, रविना थापा र महेश श्रेष्ठले उम्मेदवारी दिने बताएका छन् । संघको महाधिवेसनको लागि अहिले प्रतिनिधि चयन गर्नेक्रम जारी रहेको छ ।