३ चैत्र २०८१, सोमबार
Follow Us

सरकार जोगाउने वा गिराउनेबारे काँग्रेसको आधिकारिक धारणा माग

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८०, शुक्रबार १२:५४

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा काँग्रेसको आधिकारिक धारणा माग गरिएको छ।

जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा काँग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्।

पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने कि भत्काउने भन्ने विषयमा सबैको एउटै धारणा जान सकोस्’, उनले भनिन्।