२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन : महेश श्रेष्ठ प्यानलका ६ उपाध्यक्षको भागबण्डा टुंगियो

नेपालब्रिटेन डट कम्
८ आश्विन २०८०, सोमबार २०:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवारहरु आआफ्नो रणनीति तयार गर्न व्यस्त छन् ।

नयां नेतृत्वको लागि दावेदार मध्येका एक महेश कुमार श्रेष्ठ समूहले ६ जना उम्मेदवारको नाम टुंग्गो लगाएको छ ।

स्रोतका अनुसार श्रेष्ठको समूहबाट उपाध्यक्षमा डा. केशव पौडेल, गंगाधार गौतम, राजन त्रिपाठी, गणेश केसी, राज रेग्मी र नारायण आचार्यले उम्मेदवारी दिने तयारी गरेका छन् । सो समूहले यसअघि महासचिव पदमा बुद्धि सुवेदीलाई अघि सारि सकेको छ ।

अध्यक्षका अन्य उम्मेदवारहरु डा. बद्री केसी, आरके शर्मा, डा. हेम राज शर्मा, रविना थापा र विनय अधिकारीले समेत आआफ्नो तयारीमा जुटेका छन् ।

संघको नयां कार्यसमितिका लागि १९ अक्टोवरमा निर्वाचन हुदैछ ।