१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
९ आश्विन २०८०, मंगलवार १३:४१

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए यूरोपको सहसंयोजक रहेका सापकोटाले संघको १९ अक्टोवरमा हुने निर्वाचनको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आएका सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा काम गर्दै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।

संघको १ महिला सहित ७ सचिव पदको लागि निर्वाचन हुदैछ । सो पदमा १ दर्जन भन्दा बढीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।