१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए एसिया क्षेत्रीय संयोजकमा शिवप्रसाद पौडेलको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
९ आश्विन २०८०, मंगलवार १९:२६

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी दिने भएका छन् ।

पौडेलले आफ्नो उम्मेदवारी घोषणा सहित १० बुँद्धे प्रतिवद्धता सार्वजनिक गरेका छन । एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन ।

कोभिड १९ को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाई सहयोग गरेर उनी चर्चामा आएका थिए । उनले खोप व्यवस्थापन देखि नेपाल आउन सहज वातावरण मिलाउन सकृयता देखाएका थिए ।

पौडेलले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने, सिप मुलक तालिम, नेपाली नागरिकताको निरन्तरता, पिएनओ परिचय पत्र जारी गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धता पत्र

१) वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।
२) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने ।
३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।
५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।
६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।
७) एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।
८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।
९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने।
१०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने।