१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए उपाध्यक्षमा डा विनोद श्रेष्ठको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०८०, शुक्रबार ०४:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा. विनोद श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनी गैरआवासीय नेपाली संघका पूर्व आइसीसी सदस्य हुन् ।

उनले विहिवार एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाको सिभिल इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएको, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा आबद्धता भएको अनुभवको आधारमा आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निचोडमा पुगेको उनले बताए ।

विज्ञप्ति
आदरणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू
सादर नमस्कार ।

हामी सबैको साझा संस्था गैरआवासीय नेपाली संघ ११ औ अधिवेशनको तयारीमा जुटेको हामी सबैलाई सर्वविदितै छ। यस आसन्न अधिवेशनसम्म आइपुग्दा यो संस्था हामी विदेशमा बस्ने नेपालीहरुको साझा सारथी र नेपालमै बस्ने सबै नेपालीहरूले चिन्ने सम्झने साझा संस्था बन्न सफल भएको देख्दा गौरवान्वित छौ। यति हुदाहुदै पनि यस संस्थाको विकास र विस्तारसगै थुप्रिएका विसंगतिहरुलाइ पाखा लगाई भविष्यमा अझ प्रभावकारी र सबैको थप अपनत्व हुनेगरि अगाडी बढाउन मैले प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान-सिप-वीज्ञता, अनि मेरो स्वच्छ आचरण र समन्वयकारी ब्यक्तित्वले संस्थालाई नया उचाइमा पुर्‍याउन सहयोग पुग्छ भनि निरन्तर सल्लाह, सुझाव र उत्प्रेरणा दिनुहुने विश्वभर छरिएर रहनुभएका आदरणीय अग्रजहरु, सहकर्मी र शुभेच्छुक साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

आज भन्दा १२ बर्ष अघि २०११ मा अस्ट्रेलियाको राष्ट्रिय कमिटीमा उपाध्यक्ष पदमा उमेदवारी दिएर एनआरएनए संग प्रत्यक्ष रुपमा सहभागी भएको, एनआरएनए अस्ट्रेलियाको ज्ञान, सीप तथा पुँजी हस्तातरण (SKI) टास्क फोर्सको पहिलो प्रमुख लगायत एनसीसी/आईसीसी मा विभिन्न टास्क फोर्स, सल्लाहकार आदी हुदै निरन्तर विभिन्न भुमिका निभाइ २०१९-२१ मा आईसीसी सदस्य रहि सकेको, अस्ट्रेलियाको सिभिल इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएको, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा आबद्धता भएको अनुभवको आधारमा प्रवासी नेपालीहरूमाझ हार्दिकता कायम गर्दै एनआरएनए आईसीसी मा नेतृत्वदायी भूमिका निभाउन सक्छु भन्नेकुरामा विश्वस्त हुदै आसन्न ११ औ अधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छु।

यहाहरु सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु।

डा. विनोद श्रेष्ठ
FIEAust CPEng NER RPEQ APEC Engineer IntPE(Aus)
PhD(Civil Eng) MSc(Geotech) MA(RD) BE (Civil)

उपाध्यक्ष पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, (हाल अस्ट्रेलिया)