१० चैत्र २०८१, सोमबार
Follow Us

एक करोड बढी घोटाला गर्ने असई कार्की दोषी ठहर

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०८०, सोमबार १४:४५

काठमाडौँ । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । कार्कीलाई हुन सजाय निर्धारण हुन भने बाँकी रहेको छ।