१२ श्रावण २०८१, शनिबार
Follow Us

नेपालगञ्जमा जारी कर्फ्यु आंशिक रुपमा हटाइयो

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८०, बिहीबार ०६:३१

नेपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रूपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

बुधवारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।