१७ भाद्र २०८२, मंगलवार
Follow Us

तीन महिनापछि तरुण दलका केन्द्रीय सदस्यले लिए शपथ

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८०, आईतवार ११:१८

काठमाडौं । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।

तरुण दल अध्यक्ष विद्धान गुरुङले सदस्यहरुलाई शपथ गराएका थिए । कांग्रेस सभापति शेबहादुर देउवाले असार १३ मा ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

केन्द्रीय कार्यसमिति विस्तारको तीन महिनापछि केन्द्रीय सदस्यले शपथ लिएका छन् । शनिबार तरुण दलका अध्यक्ष गुरुङले देउवा निवास धुम्बाराहीमा शपथ लिएका थिए ।

देउवाले २०७८ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए । ६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिएका हुन् ।

 

 

 

धेरै पढिएको