काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा छोडिएका कुकुरलाई आजदेखि बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने भएको छ । महानगरले ९ वटा वडा ९४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२० मा एकैसाथ बन्ध्याकरण र खोपका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आज महानगरका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पशु कल्याण र पशु अधिकारका लागि आफूहरू सचेत रहेको बताएका छन् । आउँदो ३ महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुरलाई रेबिज विरुद्धको खोप दिने पनि उनले बताएका छन् ।
मेयर शाहका अनुसार ९ वडा हुँदै ३२ वडासम्म अभियान चलाउने उनको भनाइ छ । कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप दिन तोकिएका सङ्घसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिरालो समाइने छ । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् ।
बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरू बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिने र फाराममा वडाबाट सिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका संलग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरूको कानमा सङ्केत (एअर नोच)चिह्न हुने मेयर शाहले बताए ।