१२ चैत्र २०८१, बुधबार
Follow Us

सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८०, शनिबार ०७:३०

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।

हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको न्यौपानेले बताए । आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।