१९ असार २०८१, मंगलवार
Follow Us

अर्थमन्त्री डा. महत लण्डनमा

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०८०, आईतवार ०८:४४

लण्डन । अर्थमन्त्री डा प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन आएका छन् ।

डा महत सोमवार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका हुन् ।

सम्मेलनमा डा. महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदाइ हुने बताए ।

डा. महत शनिवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।

मन्त्री डा. महत सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समेत बेलायत आएका छन् ।

ढकालले लण्डन विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै लगानी सम्मेलनले नेपालमा लगानी प्रर्वधन गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले नेपालमा हाइड्रोपावर, पर्यटन लगायतका क्षेत्रमा बेलायती लगानीकर्ताहरुलाई आर्कषण गर्न सकिने बताए ।

मन्त्री डा. महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्चसरकारी अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रमतय भएको छ ।

मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो ।

उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रमतय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए ।