१४ असार २०८१, बिहीबार
Follow Us

विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८०, सोमबार ०४:३६

काठमाडौँ । विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ। आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो। भारतले दिएको २३० रनको विजयी लक्ष्य इग्ल्याण्डले पुरा गर्न नसकि ३४ दशमलव ५ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो।

यो जितसँगै भारतले अपराजित यात्रा कायमै राखेको छ।६ खेलमा ६ खेलै जितेर १२ अङ्कका साथ भारत अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।हारपछि इग्ल्याण्डले ६ खेलमा ५ हार र १ जितसँगै २ अङ्क बटुलेर तालिकाको पुछारमा रहेको छ।

इग्ल्याण्डका लियम लिविंगस्टनले २७ रन, डाविड मलानले १६ रन मोईन अलीले १५ रन,जॉनी बेयरस्टोले १४ रन, आदिल रशीदले १३ रन तथा कप्तान जॉस बटलरले १० रन बनाए । जो रुट र बेन स्टोक्स शून्य शून्य रनमा आउट भए।

भारतका लागि मोहम्मद शमीले ४ विकेट लिए।त्यसैगरी जसप्रीत बुमराहले तीन विकेट तथा कुलदीप यादवले दुई विकेट लिए।रवीन्द्र जाडेजाले एक विकेट हात पारे।

यस अघि इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला ब्याटिङ गर्न लगाएपछि भारतले निर्धारित ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो।

भारतका लागि सबै भन्दा बढी कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्कासँगै ८७ रन बनाए। सूर्य कुमार यादवले ४७ बलमा ४ चौका र १ छक्कासँगै ४९ रन बनाए । त्यसैगरी के।एल। राहुलले ५८ बलमा ३ चौकासंगै ३९ रनको योगदान दिए। भारतका विराट कोहली ० रनमा ,शुभमन गिल ९ रनमा,रवीन्द्र जाडेजा ८ रनमा , मोहम्मद शमी १ रनमा, जसप्रीत बुमराह १६ रनमा, तथा श्रेयस अय्यर ४ रनमा आउट भए।

कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका डेविड विली तीन विकेट र क्रिस वोक्स र आदिल रशीदले दुई दुई लिए । त्यसैगरी मार्क वुडले एक विकेट लिए ।