९ बैशाख २०८२, मंगलवार
Follow Us

यस वर्षको तिहार कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्ह पूजा र २८ गते किजा पूजा 

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०८०, आईतवार ११:१४

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा आइतबार तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्थ र ज्योतिष श्री केदारप्रसाद दैवज्ञसहितको उपस्थितिमा बैठक बस्यो ।

उक्त बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझाव र तिथिअनुसार २०८० कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी लाग्ने हुँदा उक्त दिन सा“झ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन सा“झ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको छ ।

बैठकमा भक्तपुर नपाका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य समेतको उपस्थिति रहेको थियो ।