१२ श्रावण २०८१, शनिबार
Follow Us

जाजरकोट भूकम्प : मृतक १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८०, सोमबार ०६:०९

काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका बताए ।

प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन् ।

नौ सय १० घर पूर्ण क्षति
यसैबीच, प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।