१२ श्रावण २०८१, शनिबार
Follow Us

भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न ट्रेड युनियन काँग्रेसको आग्रह

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८०, बुधबार १३:०६

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैयाँ सहयोग गर्न आग्रह गरेका हुन् ।

कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताए । नेपाल ट्रेड युनियन काँग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आबद्ध छन् ।