१२ श्रावण २०८१, शनिबार
Follow Us

धनकुटामा एकै परिवारका तीनजना मृत फेला

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:१३

धनकुटा । धनकुटाको निगालेमा एकै परिवारका तीनजना मृत फेला परेका छन् । धनकुटा नगरपालिका-१ को निगालेका ३५ वर्षीय टिका गुरुङ्ग, उनकी श्रीमती ३६ वर्षीया भीमा र ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

टिका घरभित्रै झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनकी श्रीमती र छोरा सुतिरहेकै अवस्थामा मृत फेला परेको धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

घरायासी वादविवादका कारण टिकाले श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।