१२ श्रावण २०८१, शनिबार
Follow Us

हवाई उडानमा इयूको कालोसूचीबाट हटेन नेपाल

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८०, बिहीबार १४:००

काठमाडौँ । नेपाल सरकारले पटक-पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो।

युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।

युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए।अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए।

युरोपेली आयोगले ‘युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो।