१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएले ‘पोडकास्ट’ प्रशारण सुरु गर्ने

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०८०, शनिबार १९:०९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘पोडकास्ट’ सुरु गर्ने भएको छ ।

संघका प्रवक्ता फडिन्द्र पन्तका अनुसार एनआरएनए मिडिया, सूचना, संचार तथा प्रकाशन समितिको तर्फबाट संस्थाका आमपंजीकृत सदस्यहरु, विभिन्न निकायहरुको विशेष चासोका समसामयिक विषयबस्तुबारे सम्बन्धित पदाधिकारी तथा विज्ञहरुको प्रत्यक्ष सहभागितामा सो कार्यक्रम नियमित रुपमा प्रशारण हुने छ ।

संस्थाको आफ्नै मिडियालाई सशक्त बनाउने कार्यलाई प्राथमिकतामा राख्दै संस्थागत धारणा तथा मुलभूत गतिविधि प्रत्यक्ष प्रशारण गरि सबैलाई समयमै सुसुचित गर्ने लक्ष्य संघले लिएको छ ।

सो प्रशारणको पहिलो कार्यक्रममा आइतबार, ३ डिसेम्बर २०२३ मा हुने पोडकाष्टमा अनलाइन निर्वाचन विशेष तथ्य परक समिक्षा प्रस्तुत हुने भएको छ ।

पहिलो एपिसोड्मा संघका उपाध्यक्ष डा. हेमराज शर्मा (बेलायत), सचिव टीका गुरुङ (हंगकंग) आईसीसी निर्वाचन परिवेक्षक डा देबी बस्नेत (कोरिया) लाई मुख्य वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

मुलतः गत अक्टोबरमा भएको अनलाइन निर्वाचनको समिक्षा, विशेषण र अबको रणनीति लगायतका विषयमा कार्यक्रम केन्द्रित रहनेछ । कार्यक्रम हरेक आइतवार संघको पेजबुक पेज मार्फत हेर्न सकिनेछ ।