१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीले गरे एनसेल खरिद-बिक्रीबारे छलफल

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०८०, मंगलवार १३:२८

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद-बिक्रीबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका नेताहरू लगायतसँग मङ्गलवार साँझ छलफल गरेका हुन्।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत सहभागी छन्।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ) मा बिक्री गरेको बताएको थियो।