९ फाल्गुन २०८०, बुधबार
Follow Us

एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८०, बुधबार ०६:२१

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।

समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।