लण्डन । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले गत अक्टोवर महिनामा सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली जनम्पर्क समितिहरुबीच एकता हुन नसक्नुको कारण माग गरेका छन् ।
नेपाली जनसम्पर्क समिति कतारले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले संघको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार तेस्रो हुनुको कारण खोज्दै जनसम्पर्क समितिहरुको जवाफ माग गरेका हुन् ।
‘साथीहरुले एनआरएनए निर्वाचनको बारेमा धारणा के हो भन्नु भएको छ । म तपाईहरुलाई सोध्न चाहन्छु, जनसम्पर्क समितिहरुको आधिकारीक धारण के हो ? जनसम्पर्क समितिका साथीहरु किन एक ठाउँमा उभिएर एनआरएनए निर्वाचन लड्न सक्नु भएन् ?।’
उनले निर्वाचनमा कांग्रेसबीच एकता नभएको कारण देखि आधिकारिकता रोज्न आग्रह गरे ।
उनले संघको निर्वाचन लगायतको विवादित विषयमा धेरै बोल्न नचाहेका बताए । उनले संसारभरका जनसम्पर्क समितिहरुले नयाँ खोजि र बहस चलाउन सुझाव दिए ।
उनले नेपालको लोकतान्त्रीक आन्दोलनमा विदेशमा बस्ने नेपालीहरुले उल्लेख्य योगदान गरेको स्मरण गरे । उनले संविधान समय र प्रयोगको आधारमा संशोधन गर्न सकिने बताए ।