२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूरोप सचिवमा भुवन अर्याल मनोनित

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०८०, आईतवार ००:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोपको सचिवमा भुवन अर्याल मनोनित भएका छन् ।

अर्याललाई संघको विधानको परिच्छेद ६ को धारा १९ (क) बमोजिम सो पदमा मनोनित गरिएको संघका क्षेत्रीय संयोजक चिरन्जीबी खड्काले जानकारी दिए ।

विधानअनुरुप संघको क्षेत्रीय पदाधिकारी तथा आइसीसी सदस्यहरुबाट एक जनालाई सचिव पदमा मनोनित गर्न सकिने प्रावधान रहेको छ ।

अर्याल गैरआवासीय नेपाली संघ माल्टाको निवर्तमान अध्यक्ष हुन् ।