१२ श्रावण २०८१, शनिबार
Follow Us

विपिनको रिहाईका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको अपील

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८०, सोमबार १३:१८

काठमाडौं । कतार भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

भेटको क्रममा गाजा क्षेत्रबाट हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्री थानीलाई परराष्ट्र मन्त्रीले विशेष आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भेटमा दुईपक्षबीच सहयोग, व्यापार र लगानीका विषय, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयम कुराकानी भएको मन्त्रालयले सामाजिक संजालमा एक्समा उल्लेख गरेको छ ।

जवाफ प्रधानमन्त्रीले विपिनको रिहाईका लागि सवै उपाय जारी राखिने बताउनु भएको मन्त्रालयले जनाएको छ ।

विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन्। हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।