१२ श्रावण २०८१, शनिबार
Follow Us

पृथ्वीसुब्बा गुरुङ भन्छन्ः राजतन्त्र र नयाँ दलप्रति जनआकर्षण छैन

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार १३:४०

तेह्रथुम । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले राजतन्त्र र नयाँ राजनीतिक दलप्रति जनतामा आकर्षण नरहेको टिप्पणी गरेका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा शनिबार तेह्रथुम पुगेका गुरूङले संकल्प यात्राका क्रममा आफूहरुले राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित भएको नदेखेको बताए ।

बरु जनतामा एमालेको अत्याधिक क्रेज रहेको दाबी उनको थियो । काठमाण्डुतिर अहिले राजतन्त्र फर्किने हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन’, उनले भने, ‘जनतामा एमालेप्रति क्रेज देखियो ।’

संकल्प यात्राको क्रममा जनताको घर९घर पुग्दा नयाँ भनिएका दलप्रति पनि खासै क्रेज नदेखिएको गुरूङले बताए । एमालेलाई संघीयताविरोधीको अराोप लगाइए पनि जनताले त्यसलाई खण्डन गरेको उनको दाबी छ ।