११ श्रावण २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीद्वारा राजधानी नछाड्न मन्त्रीहरुलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
२ पुष २०८०, सोमबार १५:३४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई काठमाण्डु नछाड्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले ५ पुसदेखि १० गतेसम्म काठमाण्डु छाडेर बाहिर नजान निर्देशन दिएका हुन् । उक्त अवधिमा उपत्यकाबाहिर कुनै पनि कार्यक्रम नराख्न निर्देशन आएको एक मन्त्रीले जानकारी दिए ।

तर, कारण भने नखुलाइएको उनले बताए । ‘पुस ५ गतेदेखि १० गतेसम्म कामठाण्डुबाहिर नजान प्रधानमन्त्रीको निर्देशन आएको छ । कारण खुलाइएको छैन’, ती मन्त्रीले भने । प्रधानमन्त्रीको निजी सचिवालय श्रोतका अनुसार मन्त्रीहरुको एक वर्षको कार्यसम्पादन मूल्याङकनका लागि प्रधानमन्त्रीले रिपोर्ट कार्ड मागेका छन् ।

सोमबार काँग्रेस नुवाकोटको भेलालाई विदुरमा सम्बोधन गर्दै काँग्रेस नेता डा.शेखर कोइरालाले पनि प्रधानमन्त्रीले मन्त्रीहरुको रिपोर्ट मार्ड मागेको बताएका थिए । उनले मन्त्रीहरुको रिपोर्ट कार्ड माग्नुको औचित्यमा प्रश्न गर्दै प्रधानमन्त्रीको रिपोर्ट कार्ड आफूहरुलाई चाहिने बताए ।

प्रजातन्त्रमा मन्त्रीले गरेका राम्रा वा नराम्रा दुवै कामको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हुने भएकाले मन्त्रीसँग रिपोर्ट कार्ड लिनुको अर्थ नहुने तर्क कोइरालाको थियो ।