१२ श्रावण २०८१, शनिबार
Follow Us

शल्यक्रिया गरिरहँदा डाक्टरले बिरामीलाई मुक्का हानेपछि…

नेपालब्रिटेन संवाददाता
६ पुष २०८०, शुक्रबार १३:२१

काठमाडौँ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन जारी राखेका छन । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अहिले अस्पताल अनुसन्धान भईरहेको छ ।

यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्यापक आक्रोश देखियो । अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई निलम्बित गरिदिएको छ । अस्पतालको प्रमुख कार्यकारी अधिकारी (सीईओ)लाई पनि बर्खास्त गरेको छ । यो घटना सन् २०१९ को भएको बताइएको छ । आँखाको अपरेशन गर्दा सर्जनले बिरामीको टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेको भिडियोमा देखिन्छ ।

एइअर चाइना आँखा अस्पतालको चेन सञ्चालन गर्छ । यो घटना दक्षिणपश्चिम चिनियाँ शहर कुईकाङको एउटा अस्पतालको हो । बिरामी ८२ वर्षीय महिला थिइन् । लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् ।

बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन ।