११ श्रावण २०८१, शुक्रबार
Follow Us

एसिया वुमन ब्रिज नेपालकाे ३ दिने तालिम

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार ०६:३३

काठमाडौं । एसिया वुमन ब्रिज नेपालले कोरिया इन्टरनेसनल कोअप्रेसन एजेन्सी र एसिया वुमन ब्रिज डोरन डोरनसँगको सहयोग तथा सहकार्यमा नेपालमा महिलाहरुलाई नेतृत्वदायी भूमिका र आय आर्जन वृद्धि बिषयक ३ दिने तालिम तथा कार्यशाला सम्पन्न गरेको छ । नेपालमा महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन सघाउन र महिलाहरुको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले उक्त तालिम र कार्यशाला आयोजना गरिएको एसिया वुमन ब्रिजले जनाएको छ ।

सन् २०१५ मा नेपाल मा स्थापित गैरसरकारी संस्था एशिया वुमन ब्रिज नेपालले विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । महिलाहरुमा सिप विकास गरी अतिरिक्त आम्दानीमार्फत् उनीहरुको आर्थिक स्वतन्त्रता वृद्धि गरी महिलाहरुलाई नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेरको छ । संस्थाले सन् २०२३ डिसेम्बर १६ देखि १८ सम्म ३ दिने महिला नेतृत्व कार्यशाला गोष्टि तथा तालिम सफलता पुर्बक सम्पन्न गरेको हो ।

तालिम एसिया वुमन ब्रिज नेपालले कोरिया इन्टरनेसनल कोअप्रेसन एजेन्सी र एसिया वुमन ब्रिज डोरन डोरनसंगको सहयोग तथा सहकार्य मा सम्पन्न गरेको छ । भक्तपुर जिल्लाको पर्यटकीय क्षेत्र नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्ट (तायो) मा सम्पन्न सो कार्यक्रममा नेपालमा महिलाहरुलार्इ नेतृत्वदायी भूमिका र महिलाहरुको आय आर्जन वृद्धि बिषयक ३ दिने तालिम तथा कार्यशाला सम्पन्न गरेको हो ।

तालिममा विभिन्न क्षेत्रका २८ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमपछि सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपाली महिलाहरुलाइ दक्षिण कोरियाबाट विशेष अतिथिले कोरियामा महिलाहरुले कसरी यौन हिँसाको डटेर मुकबला गर्दछ भनेर अनुभब सुनाइएको थियो । कार्यक्रममा बोनिता शर्माद्वारा लैंगिक असमानताबीच नेतृत्व कसरी गर्ने र बिष्णु भुसालद्वारा नेपालमा महिला कानुनको अवस्थासम्बन्धी जानकारी गराएका थिए ।

शिल्पा लामिछानेद्वारा महिला स्वास्थ्य तथा सरसफाई सम्बन्धी कार्यशाला संचालन गरिएको थियो । सहाभागी सम्पूर्ण महिलाहरुले यस कार्यशालाबाट आफूले धेरै कुरा सिकेको अनुभब आदान–प्रदान गरेका थिए ।