१२ श्रावण २०८१, शनिबार
Follow Us

एसएसपीबाट राजीनामा दिएका द्विवेदी जनमत पार्टीमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१० पुष २०८०, मंगलवार १३:३७

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजीनामा दिएका अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन । बुद्धनगरस्थित जनमत पार्टीको मुख्यालयमा सो पार्टीका अध्यक्ष डा. सीके राउतले उनलाई टिका लगाएर पार्टी प्रवेश गराएका छन ।

०७८ कात्तिकको अन्तिम साता एसएसपीमा बढुवा भएका पर्साका द्विवेदीले छ महिना अगाडि आफ्नो पदबाट राजीनामा दिएका थिए । १३ जना डीआइजी बढुवा हुँदा त्यसमा आफ्नो नाम नपरेको भन्दै उनले राजीनामा दिएका बुझाएका थिए ।

उनले आफू मधेसी भएको कारण विभेद गरेका भन्दै डीआइजीमा बढुवा नगरेको पटक पटक बताउँदै आएका छन । जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण आफू सो पार्टीमा प्रवेश गरेको उनले बताएका छन । उनले अब आफू त्यस्तो विभेदको विरुद्ध लड्ने घोषणा गरेका छन ।