१२ श्रावण २०८१, शनिबार
Follow Us

जिल्लाको फैसला चित्त बुझेन, उच्च अदालत जान्छौँ: सन्दीपका वकिल घिमिरे

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८०, शनिबार १३:१०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने तयारी गरेका छन । हिजो शुक्रबार काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो । अदालतको आदेशपछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने जानकारी दिएका छन ।

उनले भनेका छन्, ‘सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन ।

हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।’ यस्तै उनले काठमाण्डु जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।