१२ श्रावण २०८१, शनिबार
Follow Us

रसियन सेनामा भर्ना भएका एक नेपाली युवकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८०, बिहीबार १३:१२

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिएका छन ।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको छिमेकी थापाले जानकारी दिएका छन । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पनि बताएका छन ।

नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ ।

उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ खगेश्वरका अनुसार दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस पुगेका थिए ।