१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए अमेरिकाको सकृयता, नागरिकता बारे अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
३ माघ २०८०, बुधबार ०३:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले गैरआवासीय नेपाली नागरिकता बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संघका अध्यक्ष अर्जुन बन्जाडेका अनुसार नेपाल सरकारले हालै जारी गरेको एनआरएनए नागरिकताको कार्यान्वयनमा आएका अल्झन तथा समाधानको बारेमा सो अन्तरक्रिया केन्द्रीत रहने छ ।
एनआरएनए भर्जिनिया च्याप्टरको सकृयतामा हुने सो कार्यक्रममा आगामी २० जनवरी, शनिवारका दिन आयोजना हुन लागेको हो । संघका महासचिव रामहरी अधिकारीले एक सूचना जारी गर्दै सो कार्यक्रमको लागि सुझाव र सल्लाह दिन आग्रह गरेका छन् ।

“हार्दिक निमन्त्रणा”

गैरआवासीय नेपाली संघ, अमेरिका भर्जिनिया च्याप्टरले राष्ट्रिय समन्वय परिषद्, अमेरिका सँगको सहकार्यमा नेपाल सरकार बाट वितरण गरिएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा “Navigating NRN Citizenship Challenges: A Thoughtful Discussion Program on the Issues and Solutions” कार्यक्रम तल उल्लेखित मिति र समयमा आयोजना गरिएको हुनाले यदि यहाँहरूको यस सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा भएमा कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: जनवरी २०, २०२४ (शनिवार)
🕔 समय: साँझ ५:०० बजे (पूर्वीय समय )
📍 स्थान: Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109

🔗 फेसबुक लाइभ:
कार्यक्रमलाई निर्धारित समयमा फेसबुक पेज [https://www.facebook.com/nrnanccusa] मा लाइभ हेर्न सक्नुहुनेछ।

यदि कार्यक्रमको विषय बस्तु सम्बन्धी तपाईँहरू सँग कुनै प्रश्न, सल्लाह सुझाव वा थप जानकारी चाहिएमा, कृपया [email protected], [email protected] मा इमेल गर्नुहुन अनुरोध गर्दछौँ।”

धन्यवाद।

रामहरी अधिकारी
महासचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका