१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए आईसीसी सदस्यले लिए पद तथा गोपनीयताको शपथ

नेपालब्रिटेन डट कम्
७ माघ २०८०, आईतवार ०६:३६

काठमाडौं । गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वष परिषद् (आईसीसी) मा मनोनित २१ जना केन्द्रिय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

चन्द्रागिरीमा आयोजित ३ दिने जारी अन्तराष्ट्रिय समन्वष परिषद् (एनसीसी) बैठकमा गत डिसेम्वरमा मनोनित २१ जना केन्द्रिय समिति सदस्यहरूले आइतवार सपथ लिएका हुन् । चिरन शर्मा (युके), पुर्ण घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), अर्जुन कुमार गुरूङ (बेल्जियम), डा. मुकुन्द बास्तोला (युके) हेमन्तराज काफ्ले (अष्ट्रेलिया) र सरस्वती केसी (युके) गरि ८ जना सदस्यहरूले भैतिक रूपमै उपस्थित भएर सपथ लिएका छन् भने शान्ती अर्याल,रवीन बज्राचार्य, डा.सञ्जु पैडेल, ज्यति शर्मा, मनिता ढुङ्गाना, बावुराम भण्डारी, बिनेश तामाङ, स्मार्ट थापा र इश्वरी भण्डारीले भने भर्चुअल माध्यमबाट सपथ लिएका हुन् ।

केन्द्रिय समिति सदस्यलाई संघका अध्यक्ष डा. बद्रि केसीले सपथ गराएका थिए ।