१९ बैशाख २०८१, बुधबार
Follow Us

डा. संन्जिव सापकोटाद्धारा एनआरएन स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
७ माघ २०८०, आईतवार २३:४४

काठमाण्डौं । गैरआवासीय नेपाली संघका सल्लाकार डा. संन्जिव सापकोटाले गैरआवासीय नेपालीहरुको स्वास्थ्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

डा. सापकोटाले संघको चन्द्रागिरी रिसोटमा जारी ९५ औं कार्यसमिति बैठकमा गैरआवासीय नेपालीहरुको स्वास्थ्यको विषयमा आफ्नो धारणाहरु राखे ।

उनले विदेशमा भएका नेपालीहरुको स्वास्थ्यको वारेमा गैरआवासीय नेपाली संघले तथ्यांक राख्न सुझाव दिए । उनले विदेशमा रहेका नेपालीहरुमा मानसिक रोगको समस्या विकराल रहेको प्रतिचिन्ता व्यक्त गरे ।

डा. सापकोटाले संघले स्वास्थ्य सम्बन्धि गाइडलाईन, स्वास्थ्य शिविर र टेलिमेडेसीनलाई प्राथामिकतामा राख्नु पर्ने बताए । डा. सापकोटा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका निवर्तमान संयोजक हुन् ।

उनले संघले विश्वव्यापी रुपमा नेपालीहरुको लागि कस्तो नीति तय गर्नु पर्छ भन्ने बारेमा मिशन र भिजन प्रस्तुत गरेका थिए ।

गैरआवासीय नेपाली संघको तीन दिने कार्यशाला गोष्ठी सोमवार सम्म संचालन हुदैछ ।