१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएद्धारा भलिबल संघलाई ८ लाख रुपैया सहयोग

नेपालब्रिटेन डट कम्
१० माघ २०८०, बुधबार ०७:००

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद (एनआरएनए) ले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ ।

संघको काठमाण्डौं बालुवाटारस्थित मुख्यालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार आयोजना गरेको कार्यक्रमबीच संघका अध्यक्ष डा. बद्री केसीले भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई गैरआवासीय नेपाली संघले ८ लाख रुपैयाँ सहयोग गरेको हो ।

कार्यक्रममा भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष डा. केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए ।

यसअघि संघले नेपाल क्रिकेट संघ क्यानलाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।